मुक्ति समाजको लुम्वीनी प्रदेशमा नँया नेतृत्व

 जेठ २२, २०८०

दाङ। नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले राज्य व्यवस्था बदले पनि अवस्था परिवर्तन हुन नसकेको बताउनुभयो । नेपाल उत्पिडित जातिय मुक्ति  समाजको लुम्बिनी प्रदेश कमिटिको आईतवार घोराहीमा सम्पन्न भएको प्रथम सम्मेलन तथा अधिवेशनलाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भयो । सामाजमा हुने जातिय छुवाछुत तथा विभेद, विकृत्ति, अन्धविश्वास र कुरीतिलाई अन्त्य गर्नका लागी विभिन्न राजनितिक आन्दोलनका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको उहाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सांसद विश्वकर्माले  बर्गिय मुक्तका लागी मुक्ती समाजमा गोलबद्ध हुन आह्वान गर्दै उहाले यसमा नेकपा एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मुक्ति समाजको लुम्वीनी अध्यक्षमा सुनार निर्वाचित

नेपाल उत्पिडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको नयाँ नेतृत्व चयन भएको छ । आईतवार घोराहीमा भएको प्रथम सम्मेलन तथा अधिवेशनले सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनको बन्दसत्रले सर्वसम्मत गुल्मीका कृष्णबहादुर सुनारको अध्यक्षतामा ७७ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा टंक बिक(दाङ ) र पुरन परियार (रुपेन्देहि), सचिबमा दिल बहादुर परियार (बाके),कोषाध्यक्षमा टिका बिश्वकर्मा (पाल्पा ), उपसचिवमा सुर्यमन पासवान र सागर परियार निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तैगरी दाङबाट सदस्यहरुमा खेमराज विश्वकर्मा , शान्ता बि क ,सुन्दर नेपाली,शिबा बिक ,लाल बहादुर परियार चयन हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रदेशका १२ जिल्लालाई समेटेर ७७ सदस्यीय पदाधिकारी चयन गरिएको छ । प्रदेशको जिल्ला, भुगोल र समावेशीका आधारमा पदाधीकारी चयन गरिएको समितिले जनाएको छ ।

तपाईंको प्रतिक्रिया