दाङमा सामुहिक रुपमा करणी गर्न खाेज्ने पक्राउ

 जेठ २३, २०८०

दाङ । दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका ३ मसुरीया निवासी १४ र १२ बर्षीया दिदी बहिनीलाई सामूहिक करणी गरेको भन्दै गढवा ६ निवासी दुई जना १६/१६ बर्षीय नाबालकसहित सोही ठाउका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ निवासी २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाविद खानलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमका अनुसार नावालिकाहरु गढवा ६ बुद्ध चोक स्थित साथीको घर गएका थिए । त्यही क्रममा नावालिकाका पछाडी ति केटाहरु लागेका थिए ।

त्यही क्रममा राति ति दुबै नवालिकालाई उनीहरुले मोटरसाईकलमा लमही ५ स्थित रातो डाँडा ल्याएका एक नवालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुसन्धान थालेको छ । उनीहरु बिरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिक्रिया