गाउँपालिकामा हुने अनियमितताकाे भण्डाफाेर गर्छु: वडाध्यक्ष वली
तुलसीपुर । दाङ शान्तिनगर गाउँपालिकाका वडा नं. २ का अध्यक्ष सुनिल वली हिरासत मुक्त भएका छन । वडाध्यक्ष वलीले शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेलाई असार ७ गते कार्यकक्षमै हातपात गरेपछि प्रहरीले असार ८ गते घोराहीको नारायणपुरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय दाङले वडाध्यक्ष वलीलाई सोमबार साधारण तारेखमा हिरासतमुक्त गरेको हो ।
यसैबीच वडाध्यक्ष वलीले अनियमितताविरुद्ध आवाज उठाउँदा आफूलाई मुद्दा लगाइएको आरोप लगाएका छन । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै वलीले शान्तिनगर गाउँपालिकाभित्र हुने अनियमितताबारे बोल्न खोज्दा मुद्दा लगाएर हिरासतसम्म पु¥याएको बताएका छन ।
सिमसुन्दरपुर विद्यालयमा पुस्तकालय हुँदाहुँदै फेरि पुस्तकालय शीर्षकमा रकम हालेर रकम दुरुपयोग गर्न खोज्दा विरोध गरेको र शिक्षा शाखा प्रमुखले आफूमाथि नै दुव्र्यवहारजन्य गतिविधि गरेकाले विवादको क्रममा समाता समात भएको घटनामा आफूलाई मुद्दा लगाएको वलीले दावी गरे ।
तर जनप्रतिनिधिमाथि दुव्र्यवहार गर्ने, अटेर गर्ने, सेटिङमा रकम विनियोजन गरेर सरकारी बजेटको दुरुपयोग गर्ने कार्यको सधै भण्डाफोर गर्ने उनलेे बताए ।
तपाईंको प्रतिक्रिया