पर्यटकिय क्षेत्रलाई ब्यवस्थित गर्न ‘पर्यटन विकास कार्यविधि’

 असार २७, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पर्यटन प्रवद्र्धनको लागि दृढ भएर लाग्ने बताएका छन । तुलसीपुरका पर्यटकिय क्षेत्रको अनुगमन तथा नियमन गरि थप ब्यवस्थित गर्ने उनले बताएका छन । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन विकास कार्यविधि–२०८० को मस्यौदामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । पर्यटकिय क्षेत्रको ब्यवस्थापन गर्न कार्यविधिले थप मद्दत पुग्ने उनको विश्वास छ ।

पर्यटन शाखाले सरोकारवालाहरूबीच छलफल गरि सुझाव समेत संकलन गरेको छ । शाखाले यसअघि नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवद्र्धन समिति तथा कार्यसञ्चालन कार्यविधि– २०७८ निर्माण गरिसकेको थियो । उक्त कार्यविधिले पर्यटकिय क्षेत्रको ब्यवस्थापन देखि लिएर अन्य कार्यको ब्यवस्था नभएकोले नभएकोले नयाँ कार्यविधि बनाउनुपरेको शाखा प्रमुख झरेन्द्र खरेलले बताए । पहिलो चरणको छलफल बाट आएका सुझावहरू लाई थप परीमार्जन गरि कार्यपालिकामा पेश हुने उनले बताए ।

तपाईंको प्रतिक्रिया