श्रम अभियान मार्फत सडकका खाल्डाखुल्डी सम्याउन सुरु

गाेकर्ण पाैडेल, तुलसीपुर । तुलसिपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० काे नीति तथा कार्यक्रममा श्रम अभियान समावेश गरेकाे छ । उक्त अभियानमा जनप्रतिनिधि,स्थानीयवासी,युवा
करिब ११ किलाेमिटर सडक संघीय सरकारअन्तर्गत भएपनि जनताले खाल्डाखुल्डीका कारण निकै सास्ती व्यहाेर्नुपरेकाले पहिलाे प्राथमिकतामा राखेर अभियान नै सुरु गरेकाे नगरप्रमुख टीकाराम खड्काले बताउनुभयाे । उहाँले श्रम अभियान अन्तर्गत सडक खाल्डाखुल्डी पुर्ने, सडककाे पहिराे हटाउने,वृक्षराेपण,सरसफाइका कार्यक्रम रहेकाे बताउनुभयाे । अभियानमा पालिकाकाे यान्त्रिक साधनहरुकाे समेत प्रयाेग भएका छन् । उक्त सडकखण्डमा अटाे चलाउदै आएका ज्ञानु केसीले खाल्डा खुल्डी सम्याएसंगै दुर्घटना कम हुने बताउनुभयाे ।
सडक क्षेत्रभित्र पर्ने वडा न ८ वडाध्यक्ष धर्मराज वलीले वर्षायाम सुरुभए संगै त्यस सडकखण्डमा दर्जनाै स्थानमा खाल्डाखुल्डी परेकाे बताउनुभयाे । श्रम अभियानमा सहभागी युवा टाेपेन्द्र बस्नेतले पालिकाले श्रम अभियान नै सुरुवात् गरेकाेमा युवाहरुमा उत्साह थपेकाे बताउनुभयाे ।
तपाईंको प्रतिक्रिया