भन्सार छलेर ल्याएको कपडा बरामद

 साउन २५, २०८०

देउखुरी । दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ । राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । कोट पाइन्ट सिलाउने कपडा, कुर्ता सुरुवाल, व्लाउजमा प्रयोग गरिने ११ बोरा कपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल निरीक्षक नवराज खत्रीको नेतृत्वमा खटिएको गस्ती टोलीले राप्ती गाउँपालिका–१ भालुबाङ नजिकबाट भन्सार छलेर भिœयाइएको कपडा बरामद गरेको थियो । पोखराबाट तुलसीपुर जाँदै गरेको ग १ ख ९८७० नम्बरको बसबाट उक्त कपडा बरामद गरिएको हो । बरामद गरिएको कपडा कसले ल्याएको थियो भन्ने बारेमा केही खुलेको छैन । बसमा सामान मात्रै भएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

बरामद गरिएको कपडा आवश्यक अनुसन्धान र कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय रुपन्देही बुटवलमा पठाइएको छ ।

तपाईंको प्रतिक्रिया