तुलसीपुर – ११ मा नगर सेवा उपयोग कार्ड बाड्न सुरु
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा ऐलानी जग्गाको उपयोग कार्ड बितरण सुरु भएको छ । बुधवार बाट सुरु भएको यो कार्यको पहिलो सेवा कालिका गौतमलेले लिनुभएको छ ।
उहाले कच्ची घरको १ कठ्ठा ऐलानी जग्गाको कर बुझाई कार्ड उपयोग कार्ड लिनुभएको हो । यसैविच उपमहानगरले सुरुवात गरेको उपयोग सेवा लिन वडाध्यक्ष मान बहादुर रावतले वडाबासिमा आग्रह गर्नुभएको छ । आवासिय तथा खेतीयोग्य ऐलानी जग्गाको अभिलेख गराउन वडाध्यक्षले आग्रह गर्नुभएको छ ।
तपाईंको प्रतिक्रिया