खुकुरी प्रहार गरी फरार ६ जना पक्राउ

 साउन २५, २०८०

दाङ । दाङको घोराहीमा धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेका ६ जना पक्राउ परेका छन् । यही साउन १० गते अन्दाजी पौने १२ बजेतिर घोराही उपमहानगरपालिका १८ शङ्खेपिपल निजक घोराही १३ लाहुरेडाँडा बस्ने नर बहादुर पुनका १८ वर्षिय छोरा तिर्थ बहादुर पुनलाई अपरिचित अन्दाजी ३/४ जना व्यक्तिहरुको समुहले धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

उक्त घटनामा संलग्न भई फरार रहेका ६ जना आरोपितलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ बस्ने १७ वर्षिय, घोराही १४ गणेश मिश्रदर टोल बस्ने १६ वर्षिय, घोराही १८ भंगीटोल बस्ने १७ वर्षिय, घोराही १९ सैघा घर भई हाल वडा नं. १८ वर्षिय, सोही वडा मिसनामा बस्ने १५ वर्षिय नाबालक र बंगलाचुली गाँउपािलका १ जुम्लेपानी घर भई हाल घोराही उपमहानगरपालिका १८ बस्ने २० वर्षिय देवेन्द्र कवर मगर रहेका छन् ।

गम्भीर घाइते भएका पुनको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवामा रिफर भएको थियो । पुनको अहिले भैरहवा अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

डिएसपी गौतमका अनुसार खुकुरी प्रहार गर्नुका कारण नखुलेका कारण आरोपितलाई पक्राउ गर्न समय लागेको हो । उनीहरुलाई घटना भएको १५ दिन पछि पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका ६ जनालाई पीडितबाट ज्यान मार्ने उद्योगमा मुद्या दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिक्रिया