दाङमा १४ बर्षिय बालिका बलात्कृत

 साउन २७, २०८०

दाङ । दाङमा १४ वर्षीया बालिका बलात्कृत भएकि छिन् । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।​

गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया