अन्तराष्ट्रिय युवा दिवसः उद्यमशिलता र वृहत यौनिकता शिक्षा सम्बन्धि अन्तरक्रिया
घोराही । अन्तराष्ट्रिय युवा दिवस २०२३ का अवसरमा घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल परिवार नियोजन संघ दाङको अयोजनामा युवाहरुका लागी उद्यमशिलता र वृहत यौनिकता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल परिवार नियोजन संघ दाङका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेको विशिष्ठ आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले देशको सक्षम जनशक्ति युवाहरु विदेश प्लायन हुने क्रम बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् । स्वदेशमै स्वारोजगार बन्नतर्फ युवाहरुले ध्यान दिनुपर्ने र सरोकारवाला निकायहरुले आफ्नो जागरुकता बढाउदै लैजानु पर्ने बताएका थिए ।
राष्ट्रिय युवा परिषद नेपाल, नयाँ पाईला पुनः स्थापना केन्द्र दाङ, लायन्य क्लव अफ घोराही सिटि र सिसा नेपाल दाङ सहआयोजक रहेको कार्यक्रममा जिल्ला युवा समिती दाङका अध्यक्ष सुरेशकुमार रावत र महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक शोभाकान्त अधिकारीले प्रशिक्षण दिनुभएको थियो । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया