शिक्षक कर्मचारीद्धारा सामाजिक विकास मन्त्रालयमा धर्ना

 साउन ३२, २०८०

तुलसीपुर । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अगाडि आज धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत शिक्षक कर्मचारीले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका हुन् ।

दाङमा पनि रापती उपत्यका देउखुरी स्थित मन्त्रालय अघि धर्ना दिएका छन । विभिन्न जिल्लाबाट उपस्थित शिक्षक कर्मचारीहरु धर्नामा सहभागि भएका थिए । यसअघि २८ गते पालिका र ३० गते शिक्षा विकास र समन्वय इकाईमा धर्ना दिएका उनिहरु देउखुरीमा जम्मा भएका थिए । प्रस्तावित शिक्षा ऐन सच्याउन माग गर्दै महासंघले आइतबारदेखि आन्दोलन सुरु गरेको हो । महासंघ तथा यसका आबद्धरसम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका हुन ।

नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशकाे आयाेजनामा  जिल्लाकाे राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेकाे समाजिक विकास मन्त्रालयमा शिक्षकहरुले ३ घण्टा धर्ना दिएका थिए । प्रदेश अध्यक्ष प्रेम नारायणा भण्डारीकाे अगुवाइमा शिक्षकहरुले मन्त्रालयमा धर्ना दिएका हुन् । धर्ना समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गरेकाे नेपाल विद्यालय कर्मचारी परिषद्का लुम्बिाी प्रदेश अध्यक्ष गोविन्द जिसीले जानकारी दिएका छन ।

 

तपाईंको प्रतिक्रिया