उपमहानगरले क्रसर उद्योगलाई भन्यो-‘भ्याट बिलबाट मात्रै नदी जन्य पदार्थको विक्री गर्नु’

 भदौ ०३, २०८०

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाले सबै क्रसर उद्योगलाई भ्याट बिल जारी गरेर मात्रै नदी जन्य पदार्थ विक्री वितरण गर्न भनेको छ । आज सूचना जारी गरि ढुंगा, गिट्टी,बालुवाजस्ता नदीजन्य पदार्थ विक्री गर्दा अनिवार्य रुपमा भ्याट विल जारी गरेर मात्र विक्री वितरण गर्न भनेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सबै क्रसरलाई पत्र पठाएर पछि जारी गरिएका भ्याट विल मान्य नहुँने समेत सोही पत्रमा जारी गरिएको छ ।

साथै पछि जारी गरिएको बिल मान्य नहुने प्रमुख केसीले बताए ।

तपाईंको प्रतिक्रिया