कपुरकाेट गाडी दुर्घटना: दुई जनाकाे उपचारको क्रममा मृत्यु

 भदौ ०४, २०८०

तुलसीपुर । रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटनाका घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ ।  दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएकामध्ये रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

अब तुलसीपुरमा १४ जना घाइतेको उपचार भइरहेको छ ।  लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको हो।

तपाईंको प्रतिक्रिया