जब वडाध्यक्ष रावतकाे पहलमा टिप्पर र जेसिवि शितलपुर झरे..

 भदौ २२, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित शितलपुर घाट जाने सडक मर्मत गरिएको छ । बर्षायामकाे समयमा हिलाम्मे तथा पिपलबाेट वरिपरि हिड्न र सवारी आवागमनमा समस्या थियोे । अब भने सहज हुने भएको छ । ग्राभेल भए सङ्गै अब त्यहा सवारी पार्किङकाे समेत समस्या समाधान भएको छ ।

मर्मत हुनु अघि

उक्त मर्मत कार्य वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत पहलमा भएको स्थानीय धन बहादुर केसीले बताएका छन ।स्थानीयहरुकाे माग अनुसार उपमहानगरपालिकाकाे साधन प्रयोग गरि ग्राभेल गरिएको छ । त्यहाका नागरिकले असहज अवस्थाबारे जानकारी गराउने बित्तिकै नगर प्रमुख टिकाराम खड्काकाे ध्यानाकर्षण गराएर तुरुन्तै मर्मतकाे काम सम्पन्न भएको वडाध्यक्ष रावतले बताएका छन ।

सार्वजनिक स्थल निर्माण तथा विकास गर्ने सवालमा सबै एक जुट हुनुपर्ने वडाध्यक्ष रावत बताउँछन् ।

तपाईंको प्रतिक्रिया