स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

 भदौ २५, २०८०

तुलसीपुर ।  नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा छन् । नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।

तपाईंको प्रतिक्रिया