नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने , भाेली सार्वजनिक बिदा दिने

 भदौ २६, २०८०

काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज राती निधन हुनुभएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेकाे हाे । यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ।

उपाध्यक्ष नेम्वाङको आज राती हृदयघातका कारण निधन भएको थियो। उहाँका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ।

तपाईंको प्रतिक्रिया