दुई महिनामा सर्पको टोकाईबाट ६ जनाले ज्यान गुमाए

 भदौ २७, २०८०

तुलसीपुर । सर्पको टोकाईबाट दाङमा बर्षेनि ज्यान गुमाउने गर्दछन । यस बर्षपनि सर्पको टोकाईबाट ६ जनाले अकालमै ज्यान गुमाएका छन । श्रावणमा ५ र भदौमा १ गरि ६ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । यस्तै १ सय ७ जना घाईते भएका थिए ।

जसमा ३ पुरुष , १ महिला र २ बालबालिका रहेको जनाईएको छ । उपचार अभाव तथा समयमा अस्पताल नपुग्दा बर्षायाममा धेरैले सर्पको टोकाईबट ज्यान गुमाउने गरेका छन ।

 

तपाईंको प्रतिक्रिया