थारु समुदाय अट्वारी पर्व मनाउँदै

तुलसीपुर । थारु समुदायले अटवारी पर्व धुमधामका साथ मनाउदैछन । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् ।
आज शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ । दुई दिनसम्म मनाईने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ। यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।
दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पु¥याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।
तपाईंको प्रतिक्रिया