सल्यानमा जलेको अवस्थामा आमा छोरी मृत भेटिए

तुलसीपुर। सल्यानमा आगलागिमा परि जलेको अवस्थामा आमा छोरीको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा आमा छोरीको शव भेटिएको प्रहरीले जनाएको छ । एक तले कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरेपनि जलेकै अवस्थामा भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
तपाईंको प्रतिक्रिया