आज तीजको दर खाइँदै

काठमाडौं । तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन् । भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ।
तपाईंको प्रतिक्रिया