गोहीले एक जनाको ज्यान लियो

 भदौ ३१, २०८०

चितवन  ।  चितवनकाे भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे ।  महतो हिजाे बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

माछा मार्न जाँदा गोहीले उहाँलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएकाे छ ।

तपाईंको प्रतिक्रिया