बैङ्किङ कसूर मुद्दामा फरार तुलसीपुरका केसी पक्राउ

तुलसीपुर । बैङ्किङ कसूर मुद्दामा फरार तुलसीपुरका एक पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उप- महानगरपालिका न.पा. वडा नं १० गैरीगाउँ बस्ने बर्ष ३६ को यज्ञ बहादुर के.सी. रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सर्वाेच्च अदालत काठमाडौबाट २०७९ माघ ४ गते बैङ्किङ कसूर मुद्दामा चौध लाख पचास हजार रुपैँया जरिवाना फैसला भई फरार रहेका केसीलाई शनिबारका दिन घोराहीबाट पक्राउ गरीएकाे हाे । उनलाई आज दाङ जिल्ला अदालतमा बुझाईएको छ । केसीले ठेक्का पट्टा लगायतका काम गर्ने गर्दथे ।
तपाईंको प्रतिक्रिया