जनताका हरेक समस्यामा गम्भीर छु: मन्त्री मास्की

 असोज ०२, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की निरन्तर जनताकै माझमा छन् । सोमबार बबई गाउँपालिका वडा नं. २ घट्टेखोलामा पुगेर तीज बिशेष कार्यक्रमका साथै जनताका समस्या सुनेका थिए । उनले सरकारले जनताकै समस्यासंग एकाकार गर्ने भन्दै पश्चिम दाङको विकास निर्माणमा दत्तचित्त भएर लागेको बताए ।

उनले जनताका हरेक समस्यामा गम्भीर भएर लोगेको बताए । पश्चिम दाङले पहिलो पटक मन्त्री पाएको र विकास निर्माणका लागि छुट्याएको बजेटले धेरै विकास हुने समेत बताए । विकास निर्माणमा पनि जनताको साथ चाहिने भन्दै उनले जनतासंग–संगै हिड्ने समेत बताए । साथै उनले माओवादीको सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्ति पूरा गर्न जनताले साथ दिनुपर्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया