सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

 असोज ०४, २०८०

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सयले घट्दा चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

 

तपाईंको प्रतिक्रिया