रिताकाे हत्याले गाउँ शाेक मग्न

 असोज ०६, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरि एक महिलाको हत्या भएको छ । आज दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेमाथि खुकुरी प्रहार गरि हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसी जानकारी दिए ।

रिताले घरको पेटीमा बसेर बत्ती काटेर बसीरहेकी थिइन् । साेहि बखत टाउकोमा प्रहार गरि हत्या गरेका थिए । रिताका श्रीमान पेशाले मावि भाेजपुरका शिक्षक हुन । उनि घटना हुदा घास काट्न गएका थिए । स्थानीयका अनुसार टेक बहादुरले केहि समय यता अस्वभाविक व्यवहार देखाउने गरेक थिए । छिमेकी सङ्ग कुनै रिसिवि समेत नभएको स्थानीय बताउँछन् । उक्त घटनाले बेलटाकुरा गाउँ शाेक मग्न रहेको छ । छिमेकीकाे खुकुरी प्रहारबाट भएको हत्याले यतिबेला सबैलाई शाेकमा डुबाएको छ ।

घटना हुनु भन्दा पहिले उनि घरबाट खुकुरी सहित निस्केका थिए । उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरि घाइते भएका छन् । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको अबस्था मध्यम रहेको छ । खुकुरी प्रहार गर्ने टेक बहादुरलाई घरभित्र लुकिछिपि बसेको अबस्थामा खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रावतद्वारा दु:ख ब्यक्त
यसैबीच तुलसीपुर उपमहानगरपालिका ११ का वडाध्यक्ष मान बहादुर रावतले घटनाबारे दुख ब्यक्त गरेका छन । याे घटनाले दुखित तुल्याएकाे बताउदै शाेक ब्यक्त गरेका छन । मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा गहिराे समबेदना प्रकट गरेका छन ।

साथै घाइतेको श्वास्थ्य लाभकाे कामना गर्दै वडामा हिंसात्मक गतिविधि राेक्नका लागि सचेतना जगाउन सबै लाग्नुपर्ने बताएका छन ।

 

 

 

तपाईंको प्रतिक्रिया