लमहीमा दुई दिन अट्वारीको बिदा

 असोज ०७, २०८०

दाङ । लमही नगरपालिकाले आज र भोलि दुई दिन अट्वारीको स्थानीय बिदा दिएको छ । सार्वजनिक सूचना जारी गरेर थारुहरुको महान चाड अट्वारीको दुई दिने बिदा दिने निर्णय भएको जानकारी गराइएको छ । यस अघि भदौ ३१ गते औँशी पछिको पहिलो आइतबार अट्वारी पर्व मनाइएको थियो । तर, लमही नगरपालिकाले तीज पछिको पहिलो आइतबारलाई अट्वारी पर्व मानेर असोज ७ र ८ गते स्थानीय बिदा दिएको छ ।

थारु समुदायको महान चाड अट्वारी पर्वको अवसरमा दुई दिन स्थानीय बिदाको रुपमा यस लमही नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा अनुरोध छ’ सूचनामा भनिएको छ । विगतका वर्षहरूमा पनि देउखुरी क्षेत्रमा अट्वारी पर्व मनाउने विषयमा थारु समुदायको बिचमा फरक फरक मान्यता रहेको देखिएको थियो । त्यो मान्यता यसपटक पनि देखिएको छ । पर्व मनाउने बारे धारणामा एकरूपता ल्याउन बाँकी देखिएको छ ।

 गएको भदौ ३१ गते लुम्बिनी प्रदेश सरकारले सम्वन्धित समुदायको लागी सार्वजनिक बिदा समेत दिएको थियो । गढवा गाउँपालिकाले पनि आजलाई एक दिन अट्वारी पर्वको स्थानीय बिदा दिएको छ ।

तपाईंको प्रतिक्रिया