तुलसीपुरमा १३ वर्षिया बालिका बलात्कृत

 असोज ०७, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा १३वर्षिया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका १९ की १३ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

‘बालिकालाई पटक–पटक गरी विभिन्न व्यक्तिले विभिन्न स्थानमा लगेर बलात्कार गरेको खुल्न आएको छ तर घटनामा संलग्न व्यक्तिहरुको खोजिकार्य जारी रहेको छ’, प्रवक्ता केसीले भने । घटना केही महिना अगाडी भएको थियो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिक्रिया