तुलसीपुरमा मजदुर संगठनको तिन महिने अभियान सुरु

 असोज ०७, २०८०

तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तिन महिने कार्यथलो अभियान दाङ सहित देशभर सुरु गरेको छ । यातायात मजदुरहरुलाई संगठित बनाउने उद्देश्यका साथ शनिवार देखी अभियानको सुरुवात गरिएको छ । सो अनुसार नयाँबसपार्क तुलसीपुरमा अभियानको सुरुवात गरिएको संगठनका जिल्ला सचिव खिम बहादुर डाँगीले जानकारी दिनुभयो । आगामी मंसीर ३० गते सम्म संचालन हुने यो अभियान अवधीभर संगठनको सदस्यता विस्तार, सदस्यता नविकरण र कमिटी विस्तार जस्ता गतिविधिहरु हुने संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले जानकारी दिनुभयो । यो अभियान देशव्यापी रुपमा एकैसाथ संचालन गरिएको हो ।

उहाले बसपार्क, सवारीसाधन चल्ने रुटहरु, सवारीसाधन मर्मत गर्ने वर्कशप, ग्यारेज तथा फलफूल तरकारी गोदाम एवम् मण्डीहरुमा समेत अभियान केन्द्रित हुने बताउनुभयो । देशभर यातायात मजदुर तथा श्रमिकहरुको कार्यथलो, सार्वजनिक स्थान, बसपार्क तथा चोकहरुमा अभियान संचालन गरिएको उहाले जानकारी दिनुभयो ।
अभियानबाट इकाई तहका नेतृत्वमा संगठनका आधारभूत ज्ञान बारे जानकारी हुने, कार्यथलोका श्रमिकहरुका समस्याको पहिचान हुने, नेतृत्वबीचको विवादहरुको समाधान, कमिटीहरुबीचको अन्तर्विरोध अन्त्य, नेतृत्वको भूमिकाका बारे स्पष्टता,वैचारिक,राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने अपेक्षा गरिएको उपमहासचिव वलिले बताउनु भयो उहाले बताउनुभयो ।

साथै यातायात मजदुर तथा श्रमीकवर्गहरुको चेतना बृद्धि,अनुशासीत,संगठनमा युवा र महिला नेतृत्वको विकास हुने, संगठन सुदृढ हुनुका साथै नेतृत्व एकताबद्ध हुने जस्ता अपेक्षाहरु गरिएको छ । अभियान संचालन भएनभए बारे अनुगमन गर्न केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी खटाईएका छन् भने जिफन्ट प्रदेश कमिटी र संगठनको प्रदेश इन्चार्जको समुहले पनि अनुगमन तथा निरीक्षण गर्ने वलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया