राेल्पामा बस दुर्घटना हुँदा ६ जना घाइते

तुलसीपुर । रोल्पामा बाटो भासिएर बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पातर्फ गइरहेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेव गाउँपालिका – २ ओइलामको भिरघारे भन्ने स्थानमा बाटो भासिएर दुर्घटनामा परेको हो ।
दुर्घटनाका ६ घाइतेमध्ये तीन जना स्थानीय मेडिकलमै उपचारपछि घर फर्किएको र थप तीन जना घाइतेलाई राप्ती प्रादेशिक अस्पताल दाङमा पठाइएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराम भण्डारीले बताए ।
गंगादेव– २ की २५ वर्षीया जेसिना डाँगीको अवस्था गम्भीर छ । चालक, सहचालकको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
तपाईंको प्रतिक्रिया