सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु

 असोज ०९, २०८०

सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो ।

बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान कामी भीरबाट लडेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ। उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए ।

तपाईंको प्रतिक्रिया