अवैध काठ ओसारपसारमा फरार प्रतिवादि पक्राउ

 असोज ११, २०८०

दाङ । दाङमा अवैध काठ ओसारपसारका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ५२ वर्षिय रामकुवेर यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।

यादवलाई अवैध काठ ओसारपसार मुद्दामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कैद र ८२ हजार ७०४ रुपैँया जरिवाना फैसला गरेको थियो । फैसलापछि फरार रहेका यादवलाई बिहिबार भैसहवा गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया