सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 असोज १२, २०८०

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १२ तिमिलेका ७६ वर्षीया धुर्वी बोहोरा र शारदा–१५ बरलाका ४५ वर्षीया मुना सेजवाल रहेका छन् । दुवै जनालाई जिल्ला अस्पताल सल्यानमा लगिएपछि मृत घोषणा गरिएको हो ।

यस्तै दुर्घटनामा परी १४ जना घाईते भएका छन् । दुर्घटनामा परी चालक शारदा– १ चैबाङज्युलाा २१ वर्षिय रबिन बुढाथोकी, शारदा नगरपालिका–१२ का ५० वर्षिय काली बहादुर बुढाथोकी, ५० वर्षिय कल्पना योगी, ७५ वर्षिय पम्फा नेपाली, १२ वर्षिय बालिका लक्ष्मी खड़का घाइते भएका छन् । त्यस्तै छत्रेश्वरी गाउँपालिका ५ का २४ वर्षिय निर्मला बस्नेत घाइते भएका छन् ।

यस्तै शारदा–१२ कै १३ वर्षिय निरु कवर, ४७ वर्षिय कमला बुढाथोकी, १३ वर्षिय खिमा ओली घाइते भएकी छिन् । यसैगरी सोहि ठाउँमा बस्ने वर्ष ३५ की हिमा ओली, २५ वर्षकी टिका बोहरा, १४ वर्षिय बिमला बुढाथोकी, १२ वर्षिय प्रकाश बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

छत्रेश्वरी–५ लेखपोखरबाट शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जिप छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा शुक्रबार दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

तपाईंको प्रतिक्रिया