दाङको घोराहीमा रास्वपाकाे भेला

दाङ | राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले ठुला दलहरुकै वितृष्णाका कारण आफूहरु राजनितीमा आएको र जनताले साथ दिएको बताएका छन्। दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरुको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गर्न पनि ठुला दलहरुलाई आग्रह गरे । जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरु एक ठाँउमा रहन नसक्ने भन्दै २०८४ को निर्वाचनले कि आफूहरुको कि भने ठुला भनिएका भ्रष्ट दलहरुको राजनितिक सटर बन्द हुने पनि बताए ।
सभापति लामिछानेले अहिले सरकारले भष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे |
तपाईंको प्रतिक्रिया