राप्ती प्रादेशिक अस्पतालमा थप डाईलाशिस मेसिन पठाउछु: मन्त्री बस्नेत

तुलसीपुर । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले राप्ति प्रादेशिक अस्पतालमा थप डाईलाशिस मेसिन पठाउने बताएका छन । आज अस्पतालको अनुगमन पछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बचाएका हुन । उनले डायलासिस मेसिन र अन्य उपकरण तत्कालै पठाएर उपचार सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका श्वास्थ्यमन्त्री राजु खनाल, तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्का लगायतको उपस्थिती रहेको थियो ।
फोटो: टेकराज भण्डारी
तपाईंको प्रतिक्रिया