तुलसीपुर – ११ ले थाल्यो उज्यालो गाँउ बनाउने अभियान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले उज्यालो गाँउ बनाउने अभियानलाई अघि बढाएको छ । उरहरी बजार क्षेत्रका रुपमा विस्तार भएसगैं रातको समयमा आवतजावत गर्न सहजताको लागि यस अभियानलाई अघि बढाईएको हो । वडा भित्रका विभिन्न स्थानमा सडक बत्ती जडान भए उज्यालो गाँउ सगैंै शान्ती सुरक्षामा समेत मद्दत पुग्ने वडाध्यक्ष मानबहादुर रावतले बताएका छन । यसका लागि टोल संग सहकार्य गरि अघि बढ्ने उनले बताएका छन । पहिलो चरणमा उरहरी आदर्श नगर टोलद्वारा गाउँ उज्यालो बनाउने उद्देश्यले टोल बिकासको सक्रियतामा सडक बत्ती जडान गर्ने काम पूरा भएको हो ।

दामोदर सडक अन्र्तगत जस्पुर जनबहार चोक देखि उरहरी हस्नापुर जोड्ने क्वाङखोला पुल सम्म गरि ४६ वटा पोलहरुमा सडक बत्ती जडान गर्ने कार्य सुरु भएको हो । यस अन्र्तगत आज दामोदर सडक विच पर्ने उरहरी आदर्शनगर टोलमा सडक बत्ती जडान गरि उद्घाटन भएको छ । उद्घाटन गर्दै वडाध्यक्ष रावतले सडकमा बल्ने बत्ती आफ्नै सम्झेर दिगो बनाएर सम्भावित जोखिम न्युनिकरणमा ध्यान दिन आग्रह गरेका थिए ।
वडा नम्बर ११ ले जनताले अनुभुति गर्ने गरि जनमुखी काम गर्दै आएकोमा यस कार्यबाट पनि जनतामा उत्साह छाएको छ । सामन्य देखिएता पनि चाडपर्वको मुखमा उज्यालो गाउँ बनाउने अभियानले जनप्रतिनिधी भएको महशुस गरेका छन ।
तपाईंको प्रतिक्रिया