‘चाडपर्वलाई खर्चिलो र भड्किलो नबनाऔँ’

 कार्तिक ०१, २०८०

तुलसीपुर । चाडपर्व लाई कम खर्चिलो तवरले मनाउनुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन । पहिछल्लो समय एकले अर्कोलाई हेरेर देखासिकि गरेर चाड पर्वमा तडक भडक बढि हुन थालेको हुदा त्यस तर्फ ध्यान जान आवस्यक रहेको उनिहरुले जोड दिएका छन । तुलसीपुर उपमहानगरपालिकाले दशैं तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन । उनिहरुले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह समेत गरेका छन्।

नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा लुम्बिनि प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री मास्कीले तुलसीपुरलाई ब्यवस्थित शहरका रुपमा विकास गर्न आफु प्रतिबद्ध रहेको बताएका थिए । उनले प्रदेश सरकारले जनतालाई स्वरोजगारमा जोड्न प्रयास थालेको बताएका थिए । यसका लागि लोकल मदिरालाई ब्राण्डका रुपमा उत्पादन गर्ने गरि कानुन निर्माणमा जुटेको समेत बताएका थिए ।

उप -प्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व मेयर ढुण्डीराज लामिछाने, निवर्तमान उपमेयर माया शर्मा, एमालेका नेता शोभाराम बस्नेत,प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगर, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी,काग्रेसका विमल पौडेल,एमालेका रुप बहादुर खत्रि, नेकपा माओवादीका प्रभात वली,रास्वपाका भक्त बहादुर डाँगी,चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ति,तुलसीपुर जेसिजका शालिकराम वली, लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

शुभकामना दिदै उनिहरुले तुलसीपुरको विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिदै चाडपर्वमा हुने अशान्तीपुर्ण कृयाकलाप रोक्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण उपमहानगरका प्रबत्ता माधव वलीले गरेका थिए ।

 

 

तपाईंको प्रतिक्रिया