वडाध्यक्ष पौडेलको उदाहरणिय काम, मिठु बादीले पाए चिटिक्क परेको घर

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरीयाका मिठु बादिको घर २०७१ सालमा आएको बाढिले बगाएको थियो । घर बगाएसगैं त्रिपालमा उनको बास थियो । घर बनाउने उनको चाहाना नभएको होईन तर आर्थिक अभावकै कारण घर ढड्याउन सकेको थिएनन् । तर वडा कार्यालयको पहलमा नँया घर निर्माण भएर बस्न पाउदा खुसीले गदगद छन ।

त्रिपालमा बास भएको देखेका वडाध्यक्ष मोहन पौडेलले बिपन्न मिठुको नँया घरमा बस्ने सपना पुरा गरिदिने अठोट लिएका थिए । निर्वाचित भएर आएदेखि नै आफुले नँया घर निर्माणमा पहल थालेका थिए । यसका लागि वडाको तर्फ सरकार र उपमहागरबाट जस्तापाता तथा विभिन्न ब्यक्तिको सहयोगमा नँया घर निर्माण गरिदिए । उक्त घर आज एक कार्यक्रमका विच हस्तान्तरण समेत गरिएको छ ।
वडाध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा राष्टिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त घर मिठुलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बिपन्न समुदायको लागि स्थानिय सरकार भएको महशुस गर्नेगरि गरेको यो कार्यको प्रशंसा गरेका थिए ।
वडासदस्य खिमकान्त पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,स्थानिय बुद्धिजिवी हरीहर पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिव चन्द्र कुमार डाँगीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया