एमाले घोराहीले १९ वटै वडाबाट राहत सङ्कलन गर्ने

 कार्तिक २०, २०८०

घोराहि | नेकपा एमाले घोराही नगर कमिटिले १९ वटै वडाबाट जाजरकोट र रुकुम पस्चिमका भुकम्पपिडितका लागि राहत सङ्कलन गर्ने भएको छ । घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरिको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेनका पोखरेलको प्रमुख आतिथ्यतामा बसेको नगर कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले घोराही उपमहानगरका १९ वटै वडामा पार्टी कमिटीले राहत सङ्कलन गर्ने र सङ्कलित राहत पार्टी जिल्ला कमिटीमार्फत स्थानीय प्रशासन,स्थानीय सरकारको समन्वयमा पठाउने निर्णय भएको नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । नगरकमिटिले पार्टिका सबै कमिटीलाई मानवीय सेवामा खटिन निर्देशन दिएको छ ।

तपाईंको प्रतिक्रिया