एमाले सचिवालय बैठक बस्दै

 कार्तिक २२, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया