गरिबलाई ‘राज्य सुविधा परिचय-पत्र’ प्रदान गर्न तुलसीपुरमा तथ्याङ्क लिइदै

 कार्तिक २४, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि तथ्याङ्क संकलन शुरु भएको छ । यही कात्तिक २३ गते देखि तुलसीपुरका सबै वडाहरूमा एकै साथ तथ्याङ्क संकलन कार्य सुरु भएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत यो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए । यसका लागि ३२ जना गणक तथा ४ जना सुपरीवेक्षक खटिएका छन । उनीहरूले प्रत्येक नागरिकको घर घरमा पुगेर व्यक्तिगत, पारिवारिक तथा आर्थिक अवस्थाबारे तथ्यांक लिनेछन् । उक्त तथ्यांकबाट मन्त्रालयले विश्लेषण गर्दै सूची तयार पार्ने छ । उक्त सूचि उपमहानगरमा आएसगैं दावि विरोध हुने र अन्तीममा राज्य सुविधा अनुरूप परिचयपत्र वितरण हुने सुचना अधिकारी न्यौपानेले बताए ।

तथ्याङ्क संकलन कार्यक्रम ४ महिनासम्म सञ्चालन हुने छ । घरदैलोमा आउने गणकहरूलाई सत्यतथ्य विवरण उपलब्ध गराई महत्वपूर्ण कार्यक्रममा सहयोग पुर्‍याउन उपमहानगरपालिकाले सबै नगरवासीहरूमा अनुरोध पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया