कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

काठमाडौं | तिहारको दोस्रो दिन आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी तिथि लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आइतबार नै लक्ष्मीपूजा परेको हो’, श्रीकृष्ण अधिकारीले भने, ‘बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्नुपर्छ।’

उनका अनुसार सोमबार साँझ औँसी पूरा भई सक्छ। सोमबार औँसी तिथि २० घडी २४ पला अर्थात् दिउँसो २ बजेर ४१ मिनेटसम्म रहेको समितिबाट सिफारिसप्राप्त पात्रोमा उल्लेख छ
तपाईंको प्रतिक्रिया