बेलटाकुरा कृष्ण मन्दीरको सडक निर्माणको लागि टेण्डर आव्हान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा कृष्ण मन्दीर हुदै दामोदर जोड्ने सडक निर्माण हुने भएको छ । तिले सुनारको घर सम्म कालोपत्रे रहेकोमा बाकि भाग पुरा गर्ने योजना अनुसार पक्की नाला र कालोपत्रे गर्न प्रक्रिया अघि बढेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित २० लाख बजेटबाट १ सय मिटर पक्की नाला र २ सय १० मिटर कालोपत्रेको काम हुने वडाध्यक्ष रावतले बताएका छन । उनका अनुसार उक्त सडक निर्माणको लागि कार्तिक २३ गते टेण्डर आब्हान समेत भइसकेको छ । स्थानियको माग अनुसार नाला तथा कालोपत्रे निर्माणको काम अघि बढाईको वडाध्यक्ष रावतको भनाई छ ।
यस अघि गएको असोज २२ गतेका दिन कृष्ण मन्दीर टोल विकास संस्थाका अध्यक्ष ओबिर बहादुर चन्दको अध्यक्षतमा बसेको टोलको भेलाले नाला बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई हाल सच्याउदै नाला र कालोपत्रे सगैं अघि बढाउने निर्णय गरी वडा कार्यालयमा सिफारीस गरेको थियो ।
यसैविच, वडाध्यक्ष रावतले निर्वाचनको बेला सडक कालोपत्रे गर्ने उद्घोष गरेको बताउदै क्रमिक रुपमा सडक निर्माणको काम पुरा हुने विश्वास ब्यक्त गरेका छन ।
तपाईंको प्रतिक्रिया