आज छठको मूख्य दिन

दाङ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

छठ पर्वका व्रर्तालु हिजोदेखि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूणर् दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
छठको दोस्रो दिन शनिबार खरना विधि सम्पन्न भएको छ। चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्। व्रर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ।
खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ। खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ। नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।
तपाईंको प्रतिक्रिया