तुलसीपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

 मङि्सर ०९, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सह-चालक तुलसीपुर १९ सग्राम निवासी अन्दाजी १७/१८ वर्षीय बिराज बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।  दुर्घटनामा परी गम्भिर घाइते भएका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा शनिबार दिउँसो ३ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार सग्रामबाट सातकुले तर्फ जादै गरेको लु ३ त ९६६६ नम्बरको जोत्ने ट्याक्टर आज दिउँसो पौने २ बजेतिर तुलसीपुर १८ को सातकुलेमै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरका साहु सोही ठाउँका ३१ वर्षीय सुरेन्द्र केसी घाइते भएको प्रहरीले जनाएको छ । उनको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

File Photo :

तपाईंको प्रतिक्रिया