तुलसीपुरमा कर्मचारी संगठनको अन्तरक्रिया
तुलसीपुर । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर नगर कमिटिले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरेको छ । तुलसीपुर नगर अध्यक्ष हिमालय शर्माको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा अन्तर्किया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनको केन्द्रिय सदस्य तथा दाङ ईन्चार्ज गोकर्ण वली, केन्द्रिय सदस्य किरण अधिकारी, लुम्बिनी प्रदेश कमिटि सदस्य राम बहादुर वली, पुर्व केन्दिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष राम कुमारा आचार्य, स्वास्थ्य प्राविधिक संघ दाङको अध्यक्ष द्रोण वली लगायत तुलसीपुर क्षेत्रमा उपलव्ध संगठनका कर्मचारीहरूको सहभागीता रहेको थियो ।
नेपाल निजामती कर्मचारी संगठन दाङका सचिव तथा तुलसीपुर नगर ईन्चार्ज बाबुराम न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा निजामती सेवा ऐन, स्थानिय तहमा कार्यरत कर्मचारीका समस्या, संगठनले खेल्नुपर्ने भुमिका लगायतका विषयमा अन्र्तक्रिया भएको थियो । त्यस अवसरमा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष कोइरालाले विभिन्न विचार, जिज्ञासा बारे प्रष्ट पारेका थिए । उनले संगठन विगतका वर्ष देखिनै कर्मचारीको हकहितको सन्दर्भमा अग्रपंतिमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि नेतृत्वदायी भुमिकाको साथ अग्रमोर्चामा रहेर लड्ने प्रतिवद्वता व्यक्त गरे ।
सरकारले संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारीको भावना समेटेर एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथि कोईरालाले संगठन त्यसको लागि निरन्तर खबरदारी गरिरहेको हुँदा विश्वासको साथ आफ्नो काममा लाग्न निर्देशन दिए । साथै, सरकारले तीन तहका कर्मचारी विच बिभेदे हुने निजामती सेवा ऐन संसदमा पेश गरेको खण्डमा निजामती कर्मचारी संगठनको नेतृत्वमा बृहत आन्दोलन हुने र त्यसको लागी सवै चनाखो भएर बस्नुपर्ने बताए । कार्यक्रमको सहजिकरण संगठनको तुलसीपुर नगर सविव केशवराज डाँगीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया