एकीकृत समाजवादीको महाधिवेशन सर्ने

 मङि्सर १८, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेशन सर्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेशन सार्ने भएको हो  ।

नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो ।तर जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।

तपाईंको प्रतिक्रिया