तुलसीपुरमा हिंसा प्रभावित महिलालाई न्यानो कपडा

 माघ ०६, २०८०

तुलसिपुर । तुलसिपुर उपमहानगरपालिकाले हिंसा प्रभावित महिलाहरूका लागि न्यानो कपडा वितरण गरेको छ । पालिकाको न्यायिक समिति एवम् कानूनी मामिला शाखाले एक कार्यक्रम आयोजना गरेर ३७ जना हिंसा पीडित तथा प्रभावित महिलालाई न्यानो कपडा वितरण गरेको हो । उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का हिंसा प्रभावित महिलाहरूका लागि खाना र छानाका समस्या रहेकाले ती समस्या तत्कालै टार्नका लागि जाडोमा न्यानो किडा वितरण गरिएको बताउनुभयो । उहाँले पितृसत्तात्मक समाजमा महिलाहरूले अनेकन समस्या झेल्नुपरेको बताउँदै न्यायीक समितिमार्फत ,पुर्नस्थापना ,सहजीकरण, पारिवारीक द्वन्द, मुद्दा सुनुवाइ, परिवारको पुर्नमिलन, विभेद हटाउने काम भइरहेको बताउनुभयो ।

त्यस अवसरमा सदस्य देवी पोख्रेल , लालमती भण्डारीले बोलेका थिए । सञ्चालन कानूनी मामिला शाखाका हुमबहादुर विसीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया