हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट उडान ठप्प

 माघ १४, २०८०

नेपालगन्ज ।  बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि नेपालगन्ज विमानस्थलबाट उडान अवरूद्ध भएकाे छ । त्यहाँबाट काठमाडौं, पोखरा तथा विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा उडान हुँदै आए पनि दुई दिनदेखि भने प्रतिकूल माैसमका कारण उडान ठप्प बनेकाे हाे । हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ र ८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएकाे छ ।

यात्रुहरु मौसम खुल्ने आशामा करिब एक हजार यात्रु विमानस्थलमै बसिरहेका छन् । नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ भने नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि उडान भर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया