फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने

 माघ २५, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार अहिले तापक्रम घटबढको क्रममा रहे पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने छ । बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

पछिल्लो साता अधिकतम तापक्रम निरन्तर बढ्ने क्रममा छ। आगामी तीन दिन कतै वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया