अल्पाइन यूनिफर्मद्धारा विद्यार्थीलाई पोसाक वितरण
तुलसीपुर । तुलसीपुरको शितलपुर रा्ेडमा रहेको अल्पाइन यूनिफर्म एण्ड स्पोर्ट्स हाउसले गरीव तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरेको छ । अल्पाईनको सञ्चालनमा आएको ११औं बर्ष पुरा भएको अवसरमा पोसाक वितरण गरेको सञ्चालक नोवेल डिसीले जानकारी दिए ।
सामाजिक क्षेत्रमा सहयोग गथर्दै आएकोमा तुलसीपुर १२ मा रहेको पशुपति माबी हरिपौरीमा कक्षा १ देखि ६ मा अध्ययनरत आठ जना छात्र र आठ जना छात्रालाई सहयोग गरेको सञ्चालक डिसीले बताए । उनले पच्चीस हजार रुपैया बराबरको पोशाक सहयोग गरेका हुन ।
यसैविच विद्यालयले विद्यार्थीलाई एक कार्यक्रम गरि पोशाक प्रदान गरेको छ । गरीव तथा जेहेन्दार विद्यार्थी छनौट गरी पोशाक हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारी, प्रधानाध्यापक राधा चौधरी, अल्पाईनका सञ्चालक नोबेल डिसी लगायतको उपस्थिती रहेको थियो । विद्यार्थीलाई पोशाक उपलव्ध गराएकोमा विद्यालयका अध्यक्ष अधिकारीले अल्पाईनलाई धन्यवाद ब्यक्त गरेका छन ।
तपाईंको प्रतिक्रिया